गाजा शहरको ४० प्रतिशत भाग कब्जा गरेको इजरायली सेनाको दाबी

काठमाडौं । इजरायली सेनाले गाजा शहरको ४० प्रतिशत भाग कब्जा गरेको दाबी गरेको छ । सेनाले गाजामा पूर्ण नियन्त्रण प्राप्त गर्न ठूलो कारबाहीको तयारी गरिरहेको बताएको बीबीसीले जनाएको छ । पत्रकार सम्मेलनमा इजरायली सेनाका प्रवक्ता एभी डेभ्रिनले अब गाजामा हमासको पूर्वाधार ध्वस्त पार्न ठूलो र शक्तिशाली अपरेशन शुरू गर्ने जानकारी दिएको खबरमा उल्लेख छ ।…