काठमाडौं । अमेरिका र चीनबीच लामो समयदेखि चलिरहेको व्यापार तनाव अन्त्य हुने संकेत देखिएको छ । बीबीसीका अनुसार दुवै देशले एक प्रारम्भिक रूपरेखामा सहमति जनाएका छन् । जसको अन्तिम रूप राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच हुने आउँदो भेटमा तय गरिनेछ । मलेसियामा भएको प्रारम्भिक सम्झौताअनुसार चीनले दुर्लभ पृथ्वी खनिजको निर्यातमा कडाइ गर्ने…