काठमाडौं । रौतहटमा सेफ्टी ट्याङ्कीमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका १० निबुवा टोलका गरिमा साहका छोरा एक वर्षीय रञ्जे साह र जगदीश साहकी एक वर्षीया छोरी खुश्बु साहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार दुबै बालबालिका खेल्ने क्रममा मंगलबार साँझ स्थानीयको शौचालयको सेफ्टि ट्यांकीमा खसेका थिए…