काठमाडौं । गृह मन्त्रालयले मिटरब्याजसम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय संयन्त्र क्रियाशील बनाउन भनेको हो । यसअघि सरकारले गठन गरेकाे अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी आयोगको पदावधि सकिएपछि गुनासो तथा उजुरी लिने काम रोकिएका…