काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन् । मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरूको नाम सञ्चारमाध्यमलाई उपलब्ध गराउने…