काठमाडौं । विद्यालय शिक्षा विधेयकको संशोधन माग गर्दै निजी विद्यालय सञ्चालक संगठनहरूले १८ भदौदेखि देशभरका निजी विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्। प्याब्सन, एनप्याब्सन, हिसान र अपेनसहितका छाता संगठनहरूले संयुक्तरूपमा आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। उनीहरूले विधेयकमा समावेश ‘गैरनाफामूलक’ र ‘पूर्ण छात्रवृत्ति’सम्बन्धी प्रावधान हटाउनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलन थालेका हुन्। पहिलो चरणको कार्यक्रम सकिएसँगै दोस्रो…