काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खला अन्तर्गत नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको यूएईले ४३ ओभर तीन बलमा पाँच विकेट गुमाएर भेटायो । यूएईका आर्यन शर्माले ९८ र विलासी शर्फूले ४५ रन बनाए । नेपालका सन्दीप लामिछानेले दुई, करन केसी र दीपेन्द्रसिंह ऐरीले…