आफताब आलम भेन्टिलेटरमा

काठमाडौं । काँग्रेस नेता मोहम्मद आफताब आलमको स्वास्थ्य अवस्था गम्भीर भएको छ । आलम अस्वस्थ भएपछि उनलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको छ । पारिवारिक श्रोतका अनुसार उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । गत जेठमा ब्रेन स्ट्रोक भएर अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराएका आलमलाई मुटुमा समस्या देखिएपछि अस्ती मंगलबार अस्पताल लगिएको थियो ।…