डुरान्ड कप : त्रिभुवन आर्मी समूह चरणबाटै बाहिरियो

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लब भारतमा भइरहेको डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ । जमशेदपुरको जेआरडी स्पोर्टस कम्प्लेक्स मंगलबार इन्डियन आर्मी फुटबल टिमसँग १–० ले पराजित भएसँगै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । इन्डियन आर्मीको जीतमा क्रिस्टोले २१ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्रिभुवन आर्मी पहिलो हाफबाटै १० खेलाडीमा सीमित भएको थियो…