नख्खु कारागारबाट फरारमध्ये फर्किए २०६ कैदीबन्दी

काठमाडौं । ‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा यही भदौ २४ गते ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका कैदीबन्दीमध्ये २०६ जना पुनः कारागार फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित २०६ कैदीबन्दी हालसम्म कारागार फर्किएको कारागार प्रशासनले जानकारी दिएको छ । कारागार प्रशासनले सम्पूर्ण फरार कैदीबन्दीलाई उपस्थित भई प्रचलित कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न…