धवलागिरी पदयात्रामा अलपत्र परेका १५ जना पर्यटकको उद्धार

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदी हुँदै राउण्ड धवलागिरी पदयात्रामा गएका तीन विदेशीसहित १५ जना पदयात्रीलाई मुस्ताङबाट खटिएको उद्धार टोलीले फेला पारेको छ । धवलागिरी हिमाल फन्को लगाएर मुस्ताङको मार्फा झर्ने क्रममा सोमबारदेखि परेको हिमपातका कारण ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना मुस्ताङको हिडन भ्यालीमा अलपत्र परेका थिए । मुस्ताङका प्रमुख जिल्ला अधिकारी…