काठमाडौँ । नेपाली कांग्रेसमा देखिएको आधिकारिकताको विवादसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतमा दायर रिट निवेदनको आज सुनुवाइ हुने भएको छ । निर्वाचन आयोगले गगन थापा समूहलाई आधिकारिकता दिएको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा समूहले दायर गरेको रिट सर्वोच्च अदालतमा पेसीमा चढेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उक्त रिटको सुनुवाइका…