भारतको बिहार राज्यस्थित रोहतासबाट वैवाहिक सम्बन्धलाई लिएर चकित पार्ने घटना सार्वजनिक भएको छ। श्रीमान्को सहयोगमा पढाइ पूरा गरी बिहार प्रहरीमा जागिर पाएकी एक महिला जागिर तथा तालिम पूरा गरेपछि प्रेमीसँग फरार भएको घटना सार्वजनिक भएको हो। घटनामा श्रीमान् अजय सिंहले आफ्नी पत्नी अर्चनालाई पढाउनदेखि कोचिङ तथा विभिन्न परीक्षा दिलाउनसम्म आर्थिक तथा अन्य सहयोग गरेको दाबी…