माडागास्करका राष्ट्रपति राजोएलिना विदेश भागे

काठमाडौं । जेनजी आन्दोलन चर्केपछि अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । उनी फ्रान्सको विमान चढेर भागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जेनजीले सेप्टेम्बर २५ देखि सुरु गरेको देशव्यापी आन्दोलन चर्किंदै गएपछि आइतबारदेखि भूमिगत हुनुभएका राष्ट्रपति राजोएलिना फ्रान्स पुगेका हुन् । माडागास्करको संसद्का विपक्षी नेताले राष्ट्रपति देश छाडेर भागेको पुष्टि गरेका छन् ।…