काठमाडौँ । मधेस प्रदेशसहित देशका विभिन्न स्थानमा पछिल्ला दिनमा देखिएको संवेदनशील परिस्थितिका बीच सर्लाहीको सदरमुकाम मलंगवामा धार्मिक तथा साम्प्रदायिक सद्भाव र्याली आयोजना गरिएको छ। 'धार्मिक, जातीय तथा सामाजिक एकताका लागि सद्भाव र्याली' भन्ने मूल नारासहित मलंगवा नगरपालिकाको नेतृत्वमा आइतबार आयोजित र्यालीमा हिन्दु र मुस्लिम समुदायका धर्मगुरु, समुदायका अगुवा तथा सर्वसाधारण नागरिकको सहभागिता रहेको थियो। सहभागीहरूले…