काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं । गृह मन्त्रालयले २० जना सहसचिव र २४ जना उपसचिवको सरुवा गरेको छ । यसरी सरुवा हुनेहरुमा अधिकांश प्रमुख जिल्ला अधिकारीको जिम्मेबारीमा रहनेहरु रहेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा कामकाजमा खटाएर मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका छविलाल रिजाललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन् ।…