काठमाडौं । चीनले राजधानी बेइजिङमा भव्य सैन्य परेडका बीच नयाँ अस्त्रहरू प्रदर्शन गरेको छ । चीनले पहिलो पटक सार्वजनिक गरेका नयाँ अस्त्रहरूमा लेजर हतियार, परमाणुअस्त्र बोक्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र र पानीमुनि प्रयोग गरिने विशाल ड्रोनहरू पनि छन् । चीनले आफूले बनाएको अन्तरमहादेशीय परमाणु ब्यालेस्टिक क्षेप्यास्त्रको नयाँ संस्करण प्रदर्शन गर्यो । जसले १२ वटासम्म युद्धशीर्ष बोक्न…