ढाका । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पुरानो सरकारी निवास 'गणभवन'लाई सङ्ग्रहालयमा परिणत गर्ने निर्णय गरेको छ । उक्त सङ्ग्रहालयलाई 'जुलाई क्रान्ति स्मारक सङ्ग्रहालय' नाम दिइनेछ । यो सङ्ग्रहालय गत वर्षको हिंसामा मारिएका प्रदर्शनकारीहरूको सम्झनामा बनाउन लागिएको हो । बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसको नेतृत्वमा रहेको सरकारले गणभवनलाई शेख हसिनाको 'कुशासनको प्रतीक' बताउँदै…