भारत–पाकिस्तान तनाव: सीमावर्ती बस्तीका बासिन्दाहरू सुरक्षित स्थानमा सरे

भारत–पाकिस्तानबीचको चर्किंदो तनावका कारण सीमावर्ती क्षेत्रका बासिन्दाहरूले आफ्नो परिवारलाई सुरक्षित स्थानमा सार्न थालेका छन् । जम्मु–कश्मीरस्थित चेनाब नदी किनारको सेन्थ गाउँबाट करिब १,५०० मानिसहरू द्वन्द्वको डरले फिर्ता भएका हुन् । गाउँ प्रमुख सुखदेव कुमारका अनुसार, बारम्बारको तनावका कारण दीर्घकालीन योजना बनाउन नसकिएको र अधिकांश बासिन्दाले सामान्य आवास मात्रै बनाएका छन् । पहलगाममा अप्रिल २२ मा…