केरुङमा अलपत्र एक हजार दुई सय जना नेपालीलाई स्वदेश फर्काइँदै

रसुवा । गएको असार २४ गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल बगाएपछि केरुङमा अलपत्र नेपालीलाई वैकल्पिक बाटोबाट स्वदेश फर्काइने भएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार अलपत्र परेका एक हजार दुई सय जनालाई स्वदेश फर्काउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई अनुरोध गरिएको छ । केरुङमा रहेका नेपालीको खाना तथा आवासको प्रबन्ध…