साउदीविरुद्ध नेपालको कठिन जित

काठमाडौं । निर्धारित समयको अन्तिम मिनेटमा शुक्रिया मियाले निर्णायक गोल गरेपछि एएफसी यू–२० महिला एसियन कप छनोटमा नेपालले साउदी अरेबियाविरुद्ध १–० को कठिन जित निकालेको छ । शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा सम्पन्न खेलको ९०औँ मिनेटमा नेपालकी शुक्रियाले निर्णायक गोल गरिन् । मिना देउवा क्रसमा पेनाल्टी बक्सभित्र ‘अनमार्क’ रहेकी शुक्रियाले सहजै गोल गरिन् । यो जितसँगै…