काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अफ्ठेरो परिस्थितिलाई राष्ट्रपतिले सम्हालेर निर्वाचनको मिति घोषणा गरेकाले अब संसद् पुनर्स्थापनको माग पार्टीले राख्न नहुने बताएका छन्। एक कार्यक्रममा बोल्दै उनले संसद् विघटनबारे पार्टीभित्र दुई मत रहेको बताए। शर्माले भने, ‘संसद् पुनर्स्थापन गरेर जानुपर्छ भन्ने मत पनि छन्। चुनावमा जानुपर्छ भन्ने नेताहरू पनि हुनुहुन्छ। हामी केन्द्रीय समितिबाट सामूहिक…