काठमाडौं । दुईदिने नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीले नेपाली सेनालाई उपहार दिएका छन्। नेपाली सेनाको मुख्यालय जंगीअड्डामा पुगेका मिस्रीले ६ वटा स्ट्राइकिङ भेइकल, ब्रिडिङ प्रयोजनका लागि २ वटा सैनिक कुकुर, ५ वटा सैनिक घोडा र केही स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। सामग्री हस्तान्तरण गर्नु अघि मिस्रीले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका थिए। जंगीअड्डाका…