काठमाडौं । तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो । महामन्त्री राणा छुट्ने भएपछि अहिले भद्रकालीस्थित प्रहरी परिसरमा कार्यकर्ताको भिड लागेको छ । स्वास्थ्य उपचारका लागि राणालाई हिरासतबाट छाड्ने तयारी भइरहेको गृहमन्त्री रमेश…