अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजुबाट पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा बालाजु बसपार्कबाट पक्राउ परेका छन् । बसपार्क क्षेत्रबाट हत्कडीसहित फरार थुनुवा दशरथ शाही पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ । पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भएका काठमाडौं गोंगबु बस्ने २१ वर्षीय उनी आइतबार अदालतबाट पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका…