९१ लाख रुपैयाँसहित ललितपुरबाट एकजना पक्राउ

काठमाडौं । ललिपुरबाट ठूलो मात्रामा नगदसहित एक जना पक्राउ परेका छन् । ९१ लाख रुपैयाँसहित काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक जनालाई सोमबार साँझ नियन्त्रणमा लिएको हो । एआईजी टेक बहादुर तामाङका अनुसार, ९१ लाख रकम रहेको भन्ने सूचनाका आधारमा ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेमा गौरव स्याङ्ताङ रहेका छन् ।