गाजाको नासेर अस्पतालमा इजरायली आक्रमणको चौतर्फी निन्दा

काठमाडौं । दक्षिणी गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा इजरायलले गरेको आक्रमणको चौतर्फी निन्दा भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यी पछिल्ला घटनाहरूले यस क्रूर द्वन्द्वमा आफ्नो कर्तव्य निर्वाह गर्दा चिकित्साकर्मी र पत्रकारले सामना गर्ने जोखिमहरूलाई उजागर गर्ने बताएको बीबीसीले जनाएको छ । उहाँले ‘तत्काल र स्थायी युद्धविराम’ सहित आक्रमणको ‘निष्पक्ष अनुसन्धान’…