प्रत्यक्ष आणविक वार्ता गर्ने ट्रम्पको प्रस्ताव इरानद्वारा अस्वीकार

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आणविक सम्झौताका निम्ति प्रत्यक्ष वार्ता गर्न गरेको आग्रहलाई इरानले अस्वीकार गरेको छ । इरानले अमेरिकासँग अप्रत्यक्ष वार्ताका लागि भने खुला रहेको सोमबार बताएको छ । “जबसम्म इरानप्रति अर्को पक्षको दृष्टिकोणमा परिवर्तन हुँदैन, अप्रत्यक्ष वार्ताका लागि बाटो खुला छ,” प्रत्यक्ष वार्ताको सम्भावनालाई अस्वीकार गर्दै विदेशमन्त्री अब्बास अराघचीले भने ।…