प्रधानमन्त्री कपमा आर्मीको अपराजित यात्रा जारी

काठमाडौं । कर्णाली प्रदेशविरुद्ध १३८ रनको एकतर्फी जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको २६७ रनको लक्ष्य पछ्याएको कर्णाली ४२.१ ओभरमा १३० रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले ४०, अर्जुन घर्तीले ३२, दीपेन्द्र रावतले २५…