किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको तथा सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री नियन्त्रणमा लिइएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठलाई २०८३ साउन २७ गते राति पक्राउ गरिएको र त्यसपछि उनको निजी निवासमा खानतलासी भएको उल्लेख छ।…