गौंथली भीरमा दुई दिनदेखि अड्किएको शव निकालियो

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौंथली भीरमा दुई दिनदेखि अड्किएको एक पुरुषको शव निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त शव निकालेको हो । महालक्ष्मी–२ स्थित हिलेखर्क बस्ने ३५ वर्षीय ओमबहादुर रानाको पैदल यात्राका क्रममा लडेर मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए । उनका अनुसार…