काठमाडौं । २०२२ को टी–२० विश्वकपमा ओमानको प्रतिनिधित्व गरेका खेलाडी काश्यप प्रजापति अहिले अमेरिका पुगेका छन् । आईसीसीले ओमान क्रिकेटलाई दिएको २ लाख २५ हजार अमेरिकी डलरको पुरस्कार नपाएपछि उनी देश छोड्न बाध्य भएका हुन् । विश्वकपमा तेह्रौं देखि बीसौं स्थानसम्म परेका टिमलाई दिइने यो रकम ओमान क्रिकेटले त पायो, तर खेलाडीहरूलाई भने बञ्चित गर्यो…