झारफुकको बहानामा यौन शोषण गरेको आरोपमा झाक्री पक्राउ

चितवन । झारफुकको बहानामा महिलामाथि यौन शोषण गर्ने झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ । रत्ननगर नगरपालिका–९ स्थित आफ्नै घरमा झारफुक गर्ने भन्दै आएका दुई महिलालाई यौन शोषण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालका अनुसार, ती पुरुषविरुद्ध १७ वर्षीया बालिका र २९ वर्षीया महिलाले…