काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयबारे प्रतिपक्ष दलहरूले गरिरहेको विरोधका कारण संसद्का महत्त्वपूर्ण काम अवरुद्ध भएको बताएका छन् । प्रधानमन्त्री ओलीले अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र त्यसको सफल कार्यान्वयनको समय रहेको तथा संसदमा महत्त्वपूर्ण कानुनहरू पारित गर्नैपर्ने अवस्थामा कुनै एक कर्मचारीको विषयलाई मात्र लिएर…