सांसद खतिवडाले ध्यानाकर्षण गराएपछि शब्दावली सच्चाउन सभामुख घिमिरेको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले सपरिवारलाई नै श्रद्धाञ्जली व्यक्त भएको भनी सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका थिए । सभामुख घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले सपरिवारलाई नै श्रद्धाञ्जली दिएको शब्दावली प्रयोग गरेका थिए…