काठमाडौं । कर्तव्य ज्यान मुद्दामा संलग्न भएको अभियोगमा नेपाल प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक किराना पसल गर्ने ३७ वर्षीय बलिन्द्रप्रकाश राईलाई गम्भीर घाइते बनाई उपचारका क्रममा निजको मृत्यु भएको थियो । सो घटनामा संलग्न भएको अभियोगमा रामेछाप, सुनापतीका…