ह्वाइट हाउसमा ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपतिबीच भनाभन

वासिङ्टन डीसी । केही समयअघि ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग झगडै गरेका थिए । ट्रम्पले एक पटक फेरि यस्तै रवैया देखाएका छन् । ट्रम्पले बुधवार ह्वाइट हाउसमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसासँग भेटवार्ता गरेका थिए । यसक्रममा ट्रम्पले दुई देशहरू बिचको विवादको सबैभन्दा जटिल मुद्दा, गोरा किसानहरूको मृत्युको बारेमा…