वासिङटन डीसी । अमेरिकाको नेतृत्वबाट बाहिरिँदै गरेका राष्ट्रपति जो बाइडेनले नवनिर्वाचित राष्ट्रपतिका आलोचकहरूलाई अग्रिम–माफी दिनेबारे विचार गरिरहेका छन् । यस मामिलाबारे जानकार कयौँ स्रोतहरूले भनेको भन्दै सीबीएसले समाचार छापेको छ । आफूले पदभार सम्हालेपछि आफ्नो विरोध गर्नेहरूसँग बदला लिन्छु भनेर डोनाल्ड ट्रम्पले कसम खाएका थिए । ट्रम्पको कोपबाट जोगाउन बाइडेनले यो कदम चाल्न लागेको अनुमान…