काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन् । महासङ्घको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले ४ हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनको निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले ३ हजार २ सय ३ मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले २ सय…