च्याम्पियन प्रहरीको टिमलाई भव्य स्वागत

काठमाडौं । मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म संचालित काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिप प्रतियोगिताको उपाधि जितेको नेपाल प्रहरीको महिला भलिबल टोली स्वदेश फर्किएको छ । नेपाल प्रहरीको टिमलाई त्रिभुवान अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको…