काठमाडौंकाे ३६ ठाउँमा पैदलयात्रु आफैँले ट्राफिक बत्ती बाल्न पाउने सुविधा

काठमाडौं । काठमाडौंकाे बागबजारमा रहेको पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सञ्चालनमा आएको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा काठमाडौं महानगरपालिकाले पद्मकन्या क्याम्पस अगाडिको सडकमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको हो । पैदलयात्रुको सुरक्षालाई ख्याल गरेर महानगरपालिकाले अहिलेसम्म ३६ वटा ठाउँमा पेलिकन क्रसिङ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान…