आर्थिक अभावले क्याम्पस सञ्चालनमा समस्या

ढोरपाटन । जिल्लाको ढोरपाटन नगरपालिका–१ खप्तरीबाङस्थित निसीभूजी जनता क्याम्पस सञ्चालनमा समस्या भएको छ । पश्चिम बागलुङको एक मात्र क्यापसका रूपमा रहेको निसीभूजी आर्थिक अभावका कारण सञ्चालनमा समस्या भएको हो । दूरदराजका विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले विसं २०४८ मा स्थापना भएको क्याम्पसको आन्तारिक स्रोत कम हुनु, सरकारी निकायबाट सहयोग नहुनु, जनशक्ति व्यवस्थामा खर्च हुनुलगायत…