काभ्रे । स्रष्टा महेन्द्र चालिसेद्वारा लिखित यात्रा संस्मरण "लेकबेँसीका सुगन्धहरू" नामक कृति सार्वजनिक भएको छ । मण्डन देउपुर नगरपालिकास्थित माझीटारमा भएको उक्त कृतिको विमोचन प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेसहित निमन्त्रित अन्य विभिन्न अतिथिहरूले सामुहिक रूपमा गरेका थिए । काभ्रेको मण्डन देउपुरको माझीटार क्षेत्र यशस्वी स्रष्टा रमेश विकलको चर्चित आख्यान 'अविरल बग्दछ इन्द्रावती'को सिर्जनाजभूमि…