बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने, इजरायल चुप लागेर बस्दैन

काठमाडौं । गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् । प्रधानमन्त्री नेतन्याहुले इजरायलले बन्धकहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताएका छन् । हमासलाई सन्देश दिँदै प्रधानमन्त्रीले भनेका छन्, 'जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन ।'…