काठमाडौं । डोल्पो समाजले भुटानका बौद्ध गुरु पुजनिय क्याब्जे दुङशे गाराब रिन्पोछेलाई काठमाडौंमा स्वागत गरेको छ । डोल्पो समाजको गुम्बा आरुबारीमा दोश्रो भगवान बुद्ध गुरु रिन्पोछेको (ओग्यन महागुरु) प्रकटीकरण क्याब्जे दुत्ज्योम जिक्डाल हिशे नोर्बुको परमपुत्र क्याब्जे दुङशे गाराब रिन्पोछेलाई स्वागत गरिएको हो । डोल्पो समाज काठमाडौं र दुत्ज्यो तेरसार अनुयायीहरुको अनुरोधमा उनी नेपाल आएका हुन्…