मकवानपुर । बागमती प्रदेशमा तीन जना मन्त्रीको शपथ ग्रहण एमालेको सुझावपछि रोकिएको छ । सत्ता साझेदार नेकपा (एमाले) ले प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको नेताको टुङ्गो नलागेसम्म मन्त्री नियुक्त नगर्न आग्रह गरेपछि मन्त्री नियुक्तिको प्रक्रिया अघि नबढेको हो । यसअघि आज बिहान १० बजेका लागि तीन जना मन्त्रीको शपथ ग्रहणको समय तोकिएको थियो ।…