गैरहाजिर भएका २१ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौँ । नेपाल प्रहरीले आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २१ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावलीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।…