काठमाडौं । मनसुन सक्रिय भएसँगै सिन्धुपाल्चोकमा पहिरो र बाढीका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो । भोटेकोशी गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ ।…