उत्तरगया धाममा पुसे औंसी श्राद्ध गर्नेहरूको भीड

रसुवा । रसुवा र नुवाकोट जिल्लाको सिमानामा पर्ने बेत्रावतीस्थित उत्तरगया धाममा आज बिहानैदेखि पुसे औंसी श्राद्ध गर्नेहरूको भीड लागेको छ । त्रिशुली र फलाखु खोलाको संगमस्थल रहेको यस क्षेत्रमा पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन् । उत्तरगया क्षेत्रमा टाढा–टाढा देखि श्राद्ध गर्न आएका हजारौं भक्तजनहरूको…