काभ्रेका वर्षाजन्य विपद् पीडितको जीविका कष्टकर बन्दै

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ३ पानटेखोलाका फडिन्द्रप्रसाद तिमल्सिनाले असोज दोस्रो हप्ता घर बगाएदेखि छिमेकीको घरमा शरण लिइरहेका छन् । घरसहित अन्नपात र लत्ताकपडासमेत गुमाएपछि विस्थापित भएको उनको परिवार विचल्लीमा छ । पाल टाँगेर बस्न चिसो बढेको छ । घर बनाउने जग्गा त बाँकी छैन नै सरकारले दिने भनेको रकमको पनि टुङ्गो छैन…