३ जना सवार मोटरसाइकललाई बसले ठक्कर दियो, १ को मृत्यु

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ सब्जिमण्डीमा बसले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ । खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनमध्ये एक जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रत्ननगर–१३ अमिलियाका २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । रत्ननगर–१३ कै…