काठमाडौँ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सदस्य चन्दा चौधरीले लैङ्गिक हिंसा पीडितले उजुरी गरेर न्यायको प्रक्रियामा लागेपछि पीडकबाट हुने आक्रमण रोक्न आवश्यक व्यवस्था गरिनुपर्ने बताएकी छन् । ‘लैङ्गिक हिंसाको अन्त्य : सुदृढ सेवा र सबल आवाज’ विषयमा महिला, कानुन र विकास मञ्च, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए) र आइपासले आयोजना गरेको कार्यक्रममा उनले…